राजनीति

प्रदेश १ : सरकारले अविश्‍वासको प्रस्ताव छल्न खोजेको कांग्रेसको आरोप

विराटनगर । नेपाली कांग्रेस प्रदेश संसदीय दलले सरकार अविश्वासको प्रस्तावलाई छल्न लागिरहेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारलाई अविश्वासको प्रस्तावबाट नभाग्न आग्रह गरे । कार्कीले सभामुखको भूमिकाप्रति पनि आशंका गरेको छ ।

‘हाम्रो सरकार कहिले सदन स्थगन गरौं भनेर सभामुखलाई पत्र नै काट्छ ? मन्त्री नै सदनबाट भाग्नुहुन्छ ? कहिले सूचना टाँसेर आयु बढाइरहनु भएको छ,’ कार्कीले भने, ‘सदन भनेको जनताको थलो हो । यसलाई कसैको सेटिङमा बन्धक बनाउनु हुँदैन ।’

आज बस्ने भनिएको प्रदेश १ सभा बैठक एकाएक स्थगित गरी मिति परिवर्तन गरिएपछि यहाँको राजनीतिक माहोल एकाएक तातेको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल भएपछि बस्न लागेको प्रदेश सभा बैठक अन्तिम समयमा आएर हिजो स्थगित गरिएको थियो । आज दिउँसो १ बजे बोलाइएको बैठक चैत २ गतेसम्मलाई सारिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट