
काठमाडौँ । भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिंगमा इङल्याण्ड २०५ रनमा समेटिएको छ ।
अहमदावादमा आजदेखि शुरु भएको खेलको पहिलो दिन इङल्याण्ड २०५ रन बनाउदै अल आउट भएको हो ।
इङल्याण्डका लागी बेन स्टोकले सर्बाधिक ५५ रन बनाए भने डान लवरेन्सले ४६ रन बनाए । त्यस्तै ओली पोपले २९ र जोनी बेरस्ट्रवले २८ रन बनाएका थिए । त्यस्तै जाक क्रावलेले ९, डोम सिब्लीले २, कप्तान जो रुटले ५, बेन फोक्सले १, डोम बेसले ७ र जेम्स एण्डरसनले १० रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर अक्सर पटेलले ४ विकेट लिए भने आर आश्विनले ३, मोहमद सिराजले २ तथा वाशिंटन सुन्दरले एक विकेट लिएका थिए ।
आजै भारतले आफ्नो पहिलो इनिंगको शुरुवात गरिसकेको छ ।
चार खेलको सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।