मुख्य समाचार

एक सातामै बढ्याे‍ हवाई भाडा, कुन ठाउँ जान कति ?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि फेरि हवाई भाडादर बढाएका छन् । गत साता मात्रै ९० रुपैयाँ सम्म भाडा बढाएको वायुसेवा सञ्चालक संघले फेरि हवाई भाडा बढाएको हो ।

वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार सबैभन्दा बढी २२० रुपैयाँ र न्यूनतम २० रुपैयाँले भाडा बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँले बढाएसँगै हवाई भाडा पनि बढेको हाे । वायुसेवा सञ्‍चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी नयाँ इन्धन शुल्क अर्थात आमबुझाइमा हवाई भाडा बढाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *