
काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा परेकी खातुनलाई अमेरिकी विदेश मन्त्रलायले यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड दिएको हो ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाउने सबैभन्दा कान्छि व्यक्ति हुन्। यो अवार्ड पाउने उनी पहिलो नेपाली पनि हुन्।
एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएका छन्।