
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दैनिक ओरालो लाग्न थालेको छ । साताको अन्तिम कारोबार दिन शुक्रवार स्थानिय बजारमा तोलामा नौ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँ मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार पाँच सय रुपैयाँ कायम थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८५ हजार १५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी एक हजार २५० रुपैयाँमा खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी ३५ रुपैयाँले घटेको हो ।