रिबन

प्रधानमन्त्री ओली र विप्लवबीच बालुवाटारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बालुवाटारमा वार्ता जारी छ । प्रधानमन्त्रीलाई भेट्न विप्लव पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउनेसँगै बालुवाटार पुगेका थिए ।

राष्ट्रिय सभाको कार्यक्रम २ बजे सुरु हुने भनिएकोमा प्रधानमन्त्री ओली र विप्लव टोलीबीच २ बजे नै बालुवाटारमा भेटवार्ता भएको हो।

भेटवार्तामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, विष्णु रिमाल, राजन भट्टराईलगायत उपस्थित छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *