रिबन

सरकार र विप्लव नेकपाबीच सहमतिमा हस्ताक्षर

काठमाडौं । सरकार र सशस्त्र द्वन्द्वमा रहेको नेकपाबीच हस्ताक्षर सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका तर्फबाट संयोजक खड्गबहादुर विश्वकर्माले तीन बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सरकार र नेकपा चन्द समूहबीच सहमति :

दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्ने ।

चन्द समूहले सबै राजनीतिक गतिविधि शान्तिपूर्ण माध्यमबाट गर्ने ।

चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउने, बन्दी रिहा गर्ने र मुद्दा फिर्ता गर्ने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *