खेलकुद

न्युजील्याण्डविरुद्ध अस्ट्रेलियाको जित, सिरिज २-२ को बराबरी

काठमाडौँ । अस्ट्रेलियाले न्युजील्याण्डविरुद्धको टी-२० सिरिजको चौथो खेल जितेको छ । शुक्रबार सम्पन्न भएको खेलमा अस्ट्रेलियाले न्युजील्याण्डलाई ५० रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछाएको न्युजील्याण्ड १८.५ ओभरमा अल आउट हुदै १०६ रन मात्र बनाएको थियो ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

यो जितपछि अस्टेलियाले सिरिज २-२ खेलको बराबरी गरेको छ । सिरिजमा २-० ले पछि परेको अस्ट्रेलियाले कमब्याक गर्दै सिरिज बराबरी गरेको हो ।

अब सिरिजको अन्तिम खेल मार्च ७ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *