खेलकुद

सन्दीपले काठमाडौँ मेयर-११ को कप्तानी गर्ने

काठमाडौँ । सन्दीप लामिछानेले फागुन २२ गतेदेखि शुरु हुने काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर-११ को कप्तानी गर्ने भएका छन् ।

पाकिस्तानी सुपर लिग (पिएसएल) खेल्न पाकिस्तान पुगेका सन्दीप पीएसएल लिग कोरोना संक्रमणका कारण स्थगित भएपछि नेपाल फर्केर मेयर कप खेल्ने भएका हुन् । सन्दीप शनिबार काठमाडौँ आउदै छन् ।

नेपाल क्रिकेट संघले सन्दीप काठमाडौँ मेयर-११ को कप्तानी सन्दीपले गर्ने जानकारी दिएको छ ।

काठमाडौँ मेयर-११ मा सिद्धान्त लोहनी, हरिशंकर शाह, विवेक यादव, व्पिं खत्री, अर्जुन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनारा, विपिन रावल, रविन्द्र जंग साही, खड्ग बहादुर बोहोरा र नारायण जोशी रहेका छन् ।

काठमाडौँ मेयर कपमा काठमाडौँ मेयर-११ सहित बागमती प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबले सहभागिता जनाउदै छन् ।

शनिबारदेखि शुरु हुने प्रतियोगिता फागुन २९ गते शनिबार फाइनल खेलेर सकिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *