
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशको पर्यटन विकास आयोजनाका सब इन्जिनियरलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले सव-इन्जिनियर नेत्र प्रसाद लामिछानेले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिनेक्रममा लिएको ५० हजार घुस रकमसहित कार्यालय परिसरबाट पक्राउ गरेको जानकारी दिएको छ ।
सब इन्जिनियर लामिछानेलाई अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।