प्रदेश नं. १

लायन्स क्लव अफ विराटनगरद्वारा विद्यालयलाई सहयोग

संखुवासभा । चैनपुर नगरपालिका स्थित शारदा आधारभूत विद्यालय, ओखरबोटेलाई लायन्स क्लव अफ विराटनगरद्वारा सहयोग प्रदानगरेको छ ।

लायन्स क्लव अफ विराटनगर प्रोफेसनल, वन–हर्ट र वी–सर्भबाट स्कुल सर्पोट कार्यक्रम अन्र्तगत विद्यालयलाई सहयोग गरेको संस्थाका सदस्य अमृत कार्कीले वताए । चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका वीच विद्यालयलाई प्रिन्टर, डिक्सनरी, शुक्ष्मदर्शक यन्त्र, विज्ञान सामग्री, खेलकुद सामग्रीलगात १ लाख २५ हजार बराबरको सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक भीमबहादुर कार्कीले बताए ।

विद्यालयलाई सानाे भएपनि सहयोग पुगोस भन्ने उद्देश्यका साथ सामाजिक सेवा प्रदानगर्दै आएको यो संस्थले पहाडी जिल्ला संखुवासभामा समेत यो सेवा प्रदान गरेको क्लवका सचिव अञ्जना श्रेष्ठले बताइन । यसैगरी विद्यालका प्रअ कार्कीले विद्यालले यस किसिमको सहयोग प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुहुँदै सहयोगी संस्थालाई धन्यवाद् प्रदान गरे ।

कार्यक्रममा संस्थाका चार्टड प्रेसिडेन्ट डिल्ली प्रसाई, याङ हर्टका निश्चल श्रेष्ठ, नितम चौहान उपस्थित रहेका थिए । यसैगरी चैनपुर नगरपालिका वडा नंं ६ का वडाध्यक्ष नेत्रबहादुर डाँगी, योजना अधिकृत महेश गौतम, विद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण बहादुर कार्की , सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *