मुख्य समाचार

कोेरोनाविरुद्धको खोप आमनागरिकलाई यथाशक्य चाडो लगाइदिने व्यवस्था गर्न कांग्रेसको माग


काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला संविधान र लोकतन्त्रवादको विजय भएको ठहर गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायपालिकाको निर्णयलाई स्वागत गरेको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको सभापतित्वमा बसेको दलको बैठकले कोेरोना विरुद्धको खोप आमनागरिकलाई यथाशक्य चाडो लगाइदिने व्यवस्था गरी नेपाली जनताको जीवन रक्षा गर्न सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गरेको छ । यसै गरी बैठकले कोभिड १९ संक्रमणको प्रारम्भीक चरण देखि नै बन्द भएका सीमा नाकाहरु सहज तरिकाले सुचारु गर्ने सरकारको ध्यानकर्षण गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *