कला/साहित्य

बुसोकुसेकिका कविता


१,
दुई आत्मामा
विश्वास गडेपछि
उन्मक्त बन्दै
मायाको भरोसामा
ज्यान नै सुम्पिएर
मच्चिँदै खुसी साँट्दै ।
२,
नालापानीमा
जीवन्त इतिहास
सङ्घर्षको गाथा
बाँचिएको समय
पुरुषार्थी बनेर
वीरता झल्काउँदै ।
३,
अचम्म लाग्ने
स्वार्थमा मन गाड्दा
धमिलो मन
पोको पर्दै गुम्सिँदा
मडारिएको इच्छा
लम्केर सिलाउँदै ।
४,
खुला आकाश
बादलको झम्टाउ
कालो दृश्य मा
मडारिदै उम्किदा
अध्यारो पोखेपछि
बिजुली को चम्काइ ।
५,.बैसको बेला
फराकिलो बनेर
नाता गासेको
खुसिले मन खिच्दा
दिउसै सपना मा
जोडिएको विश्वास ।
६,
रातको बेला
ओछ्यान मा पल्टिदा
सुत्नै हत्तार
निदाएछु मस्तले
सपनाले हल्लायो
पसिनाले निथ्रुक्क ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट