शिक्षा / स्वास्थ्य

शनिबार थप ४७ जनामा संक्रमण पुष्टि

काठमाडौँ । आज शनिबार देशभर थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको छ। पछिल्लो २४ घन्टामा ६२ जना कोरोना संक्रमित संक्रमणमूक्त भई घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८२८ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *