रिबन

मेलम्चीको पानी काठमाडौँमा, ३ महिनाभित्र उपत्यकावासीलाई पिउने पानी

काठमाडौँ । वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाडौँ आइपुगेको छ । सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी आज (शनिबार) काठमाडौँको सुन्दरीजल आइपुगेको हो ।

सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्दै वाग्मती नदीमा बगाएका छन् । बर्षौ देखिको योजना सफल भएको विशेष दिन प्रधानमन्त्री केपी शर्मा ओली सुन्दरीजल अवलोकन गरेका छन् ।

मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।

अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । काठमाडौँमा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *