शिक्षा / स्वास्थ्य

दशौं टच रनिङ्ग शिल्डको उपाधि सरस्वतीलाई


संखुवासभा । चैनपुर नगरपालिका स्थित संखुवासभा बहुमुखी क्याम्पसको खेलमैदानमा १० औं टच रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

समाज स्पर्श समिति तथा समाज स्पर्श बचत तथा ऋण सहकारी संस्था लि. चैनपुरद्वारा प्रत्येक वर्ष सञ्चालन गर्दै आएको चैनपुर नगरपालिका भरिका आधरभूत तह कक्षा १ – ५ का छात्रऔछात्राहरु वीच हुने खेल प्रतियोगितामा नगरभारीका २१ विद्यालयहरुले सहभागिता रहेको थियो । रनिङशिलड प्रतियोगितामा दौड, हाइजम्प, लमजम्प, चित्रकला, वत्तितृत्वकला, लगायत विभिन्न ६ विधाका खेलहरु सचालन भएको थियो । विद्यालयका छात्र-छात्राहरुले विभिन्न खेलका विधामा ल्याएको स्कोरको आधारमा सरस्वती मावि चैनपुर (माथिल्ला)ले सबैभन्दा उच्च स्कोर ल्याउदै प्रथम भएको थियो । यसैगरी चैनपुर अङ्ग्रेजी सेकेण्डरी बोर्डिङ्ग स्कुल चैनपुर द्वितीय, र धर्मदेवी आधारभूत विद्यालय चैनपुर १० कल्लेरी तृतीय स्थान प्राप्त गर्न सफल भएको स्पर्श समिति (टच) का प्रमुख एवं कार्यक्रमका सभापति लवकुमार श्रेष्ठले वताए ।

शनिवार सम्पन खेल प्रतियोगितामा प्रथम हुन सफल सरस्वती मावि चैनपुरले यस अघि लगातार २ वर्ष विजयी भएकोले रनिङ्ग शिल्ड पच भएको खेलविधाका प्रतिनिधि राजमणि दाहालले बताए । विजय हुन सफल प्रतियोगि विद्यालय एवं छात्र-छात्राहरुलाई क्रमश नगद पुरस्कार रु १० हजार, ८ हजार र ५ हजार सहित शिल्ड, मेडल, प्रमाणपत्रसमेत आजै वितरण गरिएको खेल आयोजक समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिका संयोजक एवं कार्यक्रमका प्रमुख अतिथि सुमन कुमार शाक्यले पानसमा दिप प्रज्वलन गरि रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले खेलको माध्यमबाट वालवालिकाको चौतर्फी विकास गर्न सकेमात्र भोलि राष्ट्रका कर्णधार नागरिक उत्पादन गर्न सकिने वताउदै नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने मूल नारालाई खेलकुदको माध्यमबाट विद्यालयका साना साना बालबालिकाहरु वीच प्रतिस्पर्धा गराएर रचनात्मक काम गरेकोमा संस्थाको प्रशंसा गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *