रिबन

साकार भयाे कृष्णप्रसाद भट्टराईले देखाएकाे मेलम्ची सपना

आजका पत्रपत्रिकामा मेलम्चीको पानी काठमाडौं आइपुगेको खबरलाई सबैले प्राथमिकताको साथ पहिलो पृष्ठमा छापेको छन् भने अन्य राजनितिक र सामाजिक समाचारले पनि स्थान पाएका छन् ।
नागरिक दैनिकले साकार बन्दै मेलम्ची सपना शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । २०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए ।
मेलम्ची खोला राजधानी पुर्‍याउने विषय नै अपत्यारिलो थियो। त्यसैले भट्टराईलाई हाँसोमा उडाउनु अस्वाभाविक थिएन। तर उनै भट्टराईले देखेको मेलम्ची सपना दुई दशक नाघेसँगै साकार भएको छ।
टपेन्द्र कार्कीले आजको संसद् अवरुद्ध हुन सक्ने संकेत भएको समाचार लेखेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने–नदिने भन्नेबारे छलफल गरिरहेको छ । सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताको रुपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ ।
अन्नपूर्ण पोस्ट्ले पनि यीनै खबरलाई पहिलो पेजमा स्थान दिएको छ । अन्नपूर्णले सत्ता खेलमा अल्झिदै संसद् शिर्षकमा मुख्य खबर छापेको छ । सर्वोच्चले संसद् पुनः स्थापना गरेसँगै आज पहिलो संसद बैठक बस्दै छ । नेकपाभित्रको पार्टी विवाद समाधान नहुँदै संसद् बैठक बस्न लागेकोले सांसद् किनबेचको अवस्था अाएको निक्यौंल गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *