रिबन

प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा लगाए कोभिडविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले आइतबार बिहान महाराजगन्जस्थित शिक्षण अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

गृहमन्त्री रामबहादुर थापाले पनि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु भएको छ ।

खोप अभाव भएकाले सरकारले ५५ वर्षमाथिका नागरिकलाई खोप दिने निर्णय संशोधन गरेको हो । दोस्रो चरणमा सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप लगाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट