रिबन

प्रचण्डलाई ठूलो झट्का, संसद्ले चिनेन संसदीय दलको नेता

काठमाडौं । संघीय संसद्ले नेकपा प्रचण्ड–माधव पक्षका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको नामलाई अस्वीकार गरेको छ ।

आफूपक्षीय सांसदको हस्ताक्षर र पार्टी केन्द्रीय कमिटीको बहुमतको निर्णय बोकेर प्रचण्ड–माधव पक्ष प्रचण्डको नाम संसदीय दलको नेताको रुपमा दर्ता गर्न गएका थिए । तर संसदको महासचिव भरत गौतमले प्रक्रिया नपुगेको भन्दै प्रचण्डको नाम नेकपा संसदीय दलको नेताको रुपमा दर्ता गर्न अस्वीकार गरेका हुन् ।

संघीय संसदको यो निर्णयसँगै प्रचण्डलाई ठूलो धक्का लागेको छ । अब प्रचण्डले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पनि दल नफुटाई कठिन हुने भएको छ । दल विभाजन गर्न पनि असजिलो भएको छ ।

संसद् सचिवालयलाई लिखित जानकारी गराउन जानुअघि प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको थियो । सभामुख सापकोटा प्रचण्ड पक्ष भए पनि महासचिव गौतम प्रधानमन्त्री केपी ओली निकट हुन् । सोही कारण प्रचण्ड माधव समूहको प्रस्ताव संसदका महासचिव गौतमले सिधै अस्वीकार गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *