समाचार

सर्वोच्च अदालतको फैसला : नेकपा ऋषिराम कट्टेलको, ओली–प्रचण्डको नेकपा खारेज

काठमाडौं । सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नाममा नेकपा रहेको फैसला गरेको छ ।
सर्वोच्चले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । सर्वोच्चको यो निर्णयसँगै ओली र प्रचण्डले नेकपाको नाम नयाँ फेर्नुपर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *