रिबन

‘चुनौती दिने रोजाइ लेउ’ नाराको साथ आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं । हरेक वर्ष मार्च ८ मा मनाइने अन्तराष्ट्रिय महिला दिवस यस वर्ष पनि संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यो वर्ष विश्वले १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
यस दिवसको अन्तर्राष्ट्रिय नारा ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । नेपालले ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइरहेको छ।

सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध क्लारा जेट्किनले आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेको छ । त्यसैले कतिपय देशले यसलाई श्रमिक महिलाको दिवसका रुपमा मनाउने गरेका छन् ।
तर पछिल्लो समय हरेक महिलाको हकहितको लडाई समान भएकाले यो दिनलाई महिला दिवसको रुपमा मात्र हेरिने गरेको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस महिलालाई सम्मान दिनुका साथै महिला सशक्तिकरण र लैङ्गिक असमानतालाई घटाउने उद्देश्यसहित मनाइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *