रिबन

कोरोना नियन्त्रणमा प्रभावकारी महिला नेतृत्व

यस वर्षको नारी दिवस विश्वव्यापी त्रासदिको रुपमा देखा परेको कोरोना भाईरस नियन्त्रणमा विश्व राजनितिका महिला नेतृहरुले खेलेको भुमिकालाई मुख्य नारा बनाएर  “ Women in Leadership : Achieving an equal future in a Covid 19 world “ को नारा सहित विश्वभरी मनाईदैछ।कोभिड १९ जस्तो नया भाईरसबाट हुने  संक्रमणको रोकथामको लागी विश्वभरिका महिला नेतृत्वले के कस्ता कदम चाले, आ-आफ्ना देशका जनता प्रति उनिहरुले कस्तो अभिभावकत्व निर्वाह गरे भन्ने विषयबाट विश्वले नै सिक्नुपर्ने देखिएको छ।

जर्मनीदेखी न्युजिल्याण्डसम्म,आइसल्यान्डदेखी ताईवानसम्मका महिलाले मानव समाजमा आएको कठिन परिस्थितिमा सहि नेतृत्व कति महत्वपूर्ण हुन्छ भन्ने दृष्टान्तलाई लिएर विश्वलाई एउटा  दूरगामी सन्देश दिएका छन् । जर्मन चान्सलर एन्जेला मार्केल समस्याको सामाधानमा सबैभन्दा छिटो अगाडि देखा परीन् र देशवासीलाई यो भाईरसले सत्तरी प्रतिशत जनसंख्यालाई संक्रमण गर्न सक्ने बताईन । यो गंभिर विषय हो र यसलाई गभिंरतापूर्बक लिनुपर्छ भनिन् । जर्मन नागरिकले पनि यस विषयलाई उतिकै महत्वका साथ लिए । त्यसपछि त्यहां भाईरस परिक्षण अभियान तत्कालै सुरु भयो । भाईरसको बिषयलाई गंभिरता पूर्वक लिएकै कारण जर्मनिले यो माहामारीबाट आफुलाई जोगाउन सफल भयो।

डेनमार्क र फिनल्यान्ड लाई हेर्ने हो भने महिला नेतृत्वले संकटको घडिमा त्यसलाई कसरी सामना गर्नुपर्दछ भन्ने देखाएका छन् । सवै भन्दा छिटो निर्णय गर्नेमा ताईवानी राष्ट्रपति साई ईङवेन पर्छिन । उनले भाईरसको पहिलो संक्रमण देखिएपछि यसको रोकथामको लागी महत्वपुर्ण १२४ कदम चालिन। सिएनएन का अनुसार कोभिड १९ रोकथाम गर्ने हिसाबले विश्वकै उत्कृष्ट नेतामा उनि पर्छिन । यसैगरी न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अरडेनले समयमै लकडाउन गर्ने निर्णय गरिन ।संक्रमित जम्मा ६ जना हुदानै उनले बाहिरबाट आउने सबैलाई सेल्फ आइसोलेसनमा बस्न भनिन र बिदेशबाट आउन प्रतिबन्धनै गरिन जसको कारणले न्युजिल्यान्ड सुरक्षित रह्यो ।बाहिर रहेका देशबासिलाई देश फर्कदा तोकिएको ठाउँमा १४ दिन सम्म क्वारेन्टिनमा बस्नुपरने ब्यवस्था पनि  उनले गरिन ।

आईसल्याण्डकी प्रधानमन्त्री क्याट्रीन जाकोब्सडटियरले सबै नागरिकलाई नि;शुल्क कोरोना भाईरसको परीक्षणको ब्यवस्था गरीन। जुनबेला अन्य देशले रोगको लक्षण भएकाको मात्र परीक्षण गरे। ट्रयाकिङ प्रणाली पनि शसक्त रह्यो। प्रविधिको शसक्त प्रयोगकै कारण आईसल्यान्डमा लकडाउन गर्नुपरेन्।

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारीन सामाजिक संजाल उपयोग गरेरनै आमनागरीक सम्म पुगिन र भाईरस नियन्त्रण को लागी सही सूचना दिई सावधानी अपनाउन अनुरोध गरीन् । नर्वेकी प्रधानमन्त्री अर्ना सोलबर्गले टेलिभिजन मार्फत  देशका बालबालिका संग प्रत्यक्ष कोभिड १९ भाईरस संग सम्बन्धित संवाद चलाईन र सावधानी अपनाउनु पर्ने प्रस्ट्याईन । सहानुभुति र प्रत्यक्ष भेटघाटको यो प्रयासले पनि राम्रो प्रभाव पार्यो । माहामारीको कठिन घडिमा विश्वका अन्य शक्तिशालि राष्ट्रका नेतृत्व अरुलाई दोषि ठान्ने, अदालतलाई नियन्त्रणमा लिने, पत्रकारिताको धज्जी उडाउने जस्ता विषयमा अल्झिएको देखियो। यो पंक्तिमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प ,ब्राजिलका राष्टपति जायर बोलसोनारो,भारतका प्रधानमन्त्री नरेन्द मोदी ,रुसि राष्ट्रपति भ्लादिमीर पुटीन , फिलिपिनि राष्ट्रपति रोड्रिगो डुटर्ट, मेक्सिकोका राष्ट्रपती आन्देर्स लोपेज ,हंगेरीको प्रधानमन्त्री भिक्टर ओरवान ,ईजरायलि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत रहेका छन।

नेपालको परिप्रेक्षको कुरा गर्दा नेपाली जनताले सहि अभिभाकत्व महसुस गर्न सकेनन् । नेपालकी राष्ट्रपतिले माहामारीको बेलामा निर्वाह गर्नुपर्ने भूमिकामा निस्कृयता नै देखाईन भने प्रधानमन्त्री माहामारी जस्तो गंभिर बिषयमा पनि ठट्टा मजाकमै रमाए। स्वास्थ्यसामग्री  खरीदमा भ्रष्टचार र अनियमितताको रेकर्ड बनाउन तर्फ हाम्रो सरकार अग्रसर देखियो।

बिभिन्न अध्ययनले महिलाको नेतृत्व पुरुषको भन्दा फरक र उपयोगी देखाएको छ। उल्लेखित देशका महिला नेतृत्वबाट धेरै सिक्नुपर्ने देखिन्छ। सवल महिला नेतृत्व को आवाश्यकता विश्वले नै महशुस गरेको छ। जसका लागी नेपालले पनि नीति निर्माण र निर्णायक तहका प्रत्यक कुर्सिमा  योग्य र सक्षम महिलालाई जिम्मेवारी दिएर आफ्नो लक्ष र उदेश्य हासिल गर्न अग्रसरता देखाउनु अपरिहार्य भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *