
काठमाडौं । सर्वोच्च अदालतले हिजो आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बन्ध गरेको फैसलाले राजनीतिमा तरङ्ग उत्पन्न गराएको छ । सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा मात्रै नभई नेपालको समग्र राजनीतिक क्षेत्र नै तरङ्ग उत्पन्न भएको हो ।
नेकपाभित्रको विवाद चुलिँदै जाँदा सर्वोच्चको उक्त निर्णयपछि झन् देशको भविष्य नै अस्थिरतातिर धकेलिने सङ्केत देखिएको छ । अब सरकार कसरको बन्ने र कसरी बन्ने भन्ने आम सर्वसाधारणको धारण रहेको छ । देशको बहुमत प्राप्त ठूलो दल बनेको नेकपा नै छिन्नभिन्न बनेपछि सरकारको अवस्था गम्भीर मोडमा पुगेको छ ।
२०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा एक सय २१ जना सांसद बनेका थिए। त्यसमध्ये एक जनाको मृत्यु भएको छ। पूर्वएमालेको संसदीय दलमा प्रधानमन्त्री केपी ओलीको अत्यधिक बहुमत रहेको छ।
प्रतिनिधिसभामा कायम रहेका साबिक एमालेका १ सय २० सांसदमध्ये माधव नेपालका पक्षमा नेपालसहित ३७ जना सांसद रहेका छन् । पूर्वएमालेका लालबाबु पण्डित र तुलसा थापा तटस्थ रहेका छन् ।
यी हुन् माधव नेपाल पक्षका सांसदहरू
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. घनश्याम भुसाल
४. योगेश भट्टराई
५. राजबहादुर बुढा क्षेत्री
६. पार्वतीकुमारी विशुन्खे
७. ध्रुवकुमार शाही
८. जीवनराम श्रेष्ठ
९. गणेशकुमार पहाडी
१०. सरलाकुमारी यादव
११. कृष्णलाल महर्जन
१२. कृष्णभक्त पोखरेल
१३. मायादेवी न्यौपाने
१४. विरोध खतिवडा
१५. रामकुमारी झाँक्री
१६. कल्याणीकुमारी खड्का
१७. यज्ञराज सुनुवार
१८. समिना हुसेन
१९. मेटमणि चौधरी
२०. जयकुमार राई
२१. हिराचन्द्र केसी
२२. भवानीप्रसाद खापुङ
२३. लक्ष्मीकुमारी चौधरी
२४. झपट रावल
२५. निरादेवी जैरु
२६. डा दीपकप्रकाश भट्ट
२७. कलिला खातुन
२८. सोमप्रसाद पाण्डेय
२९. बिनादेवी बुढाथोकी
३०. भीमबहादुर रावल
३१. मुकुन्द न्यौपाने
३२. पवित्रा निरौला
३३. गङ्गा चौधरी सतगौवा
३४. गोकर्ण विष्ट
३६. सुरेन्द्रप्रसाद पाण्डे
३७. विष्णु शर्मा ।