शिक्षा / स्वास्थ्य

८९ जना कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

काठमाडौ । नेपालमा सोमबार थप ८९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८ सय १० पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा तीन हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ९ सय २७ जना निको भएका छन् ।

हाल नेपालमा ८ सय ७२ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९७ हजार २ सय ३५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *