रिबन

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र छुट्टिने निर्णय

काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई अस्तित्वमा ल्याइदिएपछि प्रचण्ड–नेपाल समूहले यस्तो निर्णय गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

अदालतले नेकपाको आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । अदालतले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *