
सिन्ह्वा । सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन ।
कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरूमा कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको हो ।
उनीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् ।
“सम्भावित केही लक्षणहरु देखिएपछि राष्ट्रपति अल असद र उनीकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उनीहरूमा त्यो भाइरस रहेको देखियो,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
सिरियामा कोरोनाभाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।