ताजा समाचार

प्रतिनिधि सभा बैठक बस्दै, एमाले र माओवादी केन्द्र एउटै लहरमा बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि आज दोस्रोपटक बैठक बस्न लागेको हो ।

यसअघि गत आइतबार बसेको पहिलो बैठकलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बहिष्कार गरेका थिए । त्यस्तै बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधले स्थगित भएको थियो ।
आजको बैठकमा माओवादी केन्द्र र नेकपा एमालेका सांसद्हरु सत्तापक्षकै लहरमा बस्ने छन् । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको कारण एउटै लहरमा राखिएको संसद् सचिवालयले जनाएको छ । गत आइतवारका लागि तय गरिएको कार्यसूचीले आजको बैठकमा पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *