खेलकुद

पीएसजीले बार्सिलोनालाई हरायो, लिभरपुलद्वारा आरबी लिपिङ पराजित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । युएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । यस्तै, लिभरपुलले जर्मन क्लब आरबी लिपिङलाई पराजित गरेको छ । दुवै टोली क्वाटरफाइलनमा पुगेका छन् ।

पीएसजीले बार्सिलोनालाई प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।

पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो । घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।

खेलको ३१ औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता लिएको थियो । पीएसजीको त्यो अग्रता लामो समय टिकेन । ३७औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस्तै अर्को खेलमा जर्मन क्लब आरबी लिपिङलाई २–० ले पराजित गर्दै इग्लिस क्लब लिभरपुल पनि क्वाटरफाइनलमा पुगेको छ । जीतका लागि ७० औं मिनेटमा मोहम्मद सालेह र ७४ औं मिनेटमा सादिओ मानेले गोल गरेका थिए । पहिलो लेगमा पनि २–० ले विजयी भएको लिभरपुल समग्रमा ४–० को जीत निकाल्दै लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *