रिबन

४० वर्षअघि बेपत्ता दिपक कोलकताको दमदम जेलमा

सन् १९७९ को फ्रेब्रअरीमा नेपालको इलाम जिल्लाको एकातप्पाबाट दिपक जोशी घरबाट निस्के, तर उनी फर्केर घर पुगेका छैनन् । उनी घरबाट दाल बेच्न एकातप्पा बजार हिडेका थिए । ज्योतिषशास्त्रमा रुचि राख्ने दिपक घर छोड्नअघि गाउँमा सानातिना काम गर्थे ।

उनी बेपत्ता भएको ४० वर्षपछि उनका परिवारका सदस्यले गत महिना कोलकताको दमदम केन्द्रीय कारागारमा भेटेर फर्किए । उनका भाइ प्रकाशचन्द्र तिमसिनाले कोकाता आएर दिपकलाई भेटेका छन् ।

प्रकाशले सञ्चारमाध्यमसँग गरेको कुराकानीअनुसार दाजु दिपक मरे होलान भन्ने लागेको थियो । दाजुलाई हामीले कहाँ कहाँ खोजेनौं, नेपालको कुनाकाप्चामा जानेसुने सबैतिर खोज्दै भौतारियौं ।

उनले भने, ‘त्यस बेला दार्जिलिङमा गोरखाल्यान्ड आन्दोलन चलिरहेको थियो, त्यही आन्दोलनमा दाजुको मृत्यु भयो कि भन्ने धेरैले अनुमान लगाए । ४० वर्षसम्म दाजुका बारेमा हामीले कुनै खोजखबर पाएनौं ।

यता, दिपक जोशी तिमल्सिना लगभग ४० वर्षसम्म पश्चिम बंगालको विभिन्न जिल्लामा विचाराधीन कैदीका रुपमा घुमिरहे । ४० दशकसम्म पनि उनीविरुद्धको अदालती सुनवाइ पूरा भएको छैन ।

उनका बारेमा गत बुधबार कोलकता उच्च अदालतका मुख्य न्यायाधीश डिभिजनको बेन्चमा सुनवाइ भएको थियो । जोशीका बारेमा अर्को सुनवाइ आउँदो सोमबार अर्थात् १५ मार्चमा हुँदैछ । उनी छुटेर नेपाल फर्किन पाउँछ कि पाउँदैनन, अदालतले त्यही दिन निर्णय सुनाउने छ ।

४० वर्षसम्म कठोर जीवनयापन गरेका दिपकको पछिल्ला केही महिना नाटकीय घटनाहरु भए । गत वर्षको फ्रेब्रअरीमा नन्दीग्रामबाट राधेश्याम दास स्थानन्तरण भएर दमदम केन्द्रीय कारागारमा आए । उनी माओवादी संगठनमा लागेको आरोपमा उनी विगत १० वर्षदेखि जेलमा छन् । उनी सन् २०१६ मा केही समय दमदम जेलमा पनि बसे ।

राधेश्यामले बीबीसी सञ्चारमाध्यमलाई उपलब्ध गराएको जानकारी अनुसार गत वर्षको फ्रेब्रुअरीमा उनलाई दमदममा स्नान्तरण गरियो । राधेश्यामले भने, ‘जेलमा जो–जो मानिस रुपमा अस्वस्थ्य छन्, उनीहरुसँग म स्वच्छाले परिचय गर्छु । त्यसैक्रममा दिपकसँग पनि मेरो परिचय भयो । कुराकानी गर्दै जाँदा उनी विगत ४० वर्षदेखि जेलमा रहेछन् । उनका बारेमा कुनै सुनवाइ भएको रहेनछ ।’

जेलबाट जमानतमा छुटेपछि राधेश्याम पश्चिम बंगला उमेच्योर रेडियो क्लबको सम्पर्कमा आए । उनले भने, ‘त्यो हामीजस्ता रेडियो अपरेटरको एउटा संगठन हो ।’

रेडियो क्लबका सचिव अम्बरिस नाग विश्वासले भने, ‘राधेश्याम दासले जब एक व्यक्ति बिना सुनवाइ विगत ४० वर्षदेखि जेलमा रहेको बताए, धेरैलाई आश्चर्य लाग्यो । हामीले जेलमा सम्पर्क ग¥यौं, सुरुमा त कसैले विश्वास नै गरेनन् । पछि खोजविन गर्दै जाँदा दिपक जोशी तिमल्सिना नामका एक कैदी सन् १९८१ देखि जेलमा रहेको र अहिलेसम्म सुनवाइ नभएको पाइयो ।’

अम्बरिस नागका अनुसार उनको क्लबका अरु केही व्यक्तिले दिपक जोशीसँग भेट्ने अनुमति मागे । तर परिवारका सदस्य नभएका कारण उनलाई हिरक सिन्हाले मात्र जोशीसँग भेट्ने अनुमति पाए, किन भने उनी कोलकता उच्च अदालतका वकिल हुन् ।

वकिल हिरक सिन्हाले भने, ‘उनी मानसिक रुपमा उनी अस्वस्थ्य छन कि भन्ने मलाई शंका लागेको थियो, हामीले विभिन्न अदालतबाट कागजात जुटायौं, त्यसले यही कुराको संकेत गरेको थियो । भेटेर कुरा गरेपछि म स्पष्ट भएँ, दिपक मानसिक रुपमा स्वस्थ्य छन् । मलाई नेपाली भाषा त्यत्ति राम्रोसँग आउँदैन थियो, तर केही बुझ्थे । त्यसैको सहयोगमा मैले दिपकसँग कुरा गरें । कुराकानीपछि मैले एउटा कागज र कलम मागे, त्यहाँ केही लेख्न लगाएँ । देवनागरिकमा उनले केही आधा र अधुरो शब्द लेखे । वास्तविमा त्यो उनको परिचय थियो । गाउँको नाम, मातापिता र स्कुलको नाम लेखेका थिए उनले ।

जोशीसँग सम्बन्धित कागजातका अनुसार उनी सन् १९८१ मा दार्जिलिङमा हत्या अभियोगमा गिरफ्तार भएका रहेछन् । अम्बरिस नागले भने, ‘नेपालबाट आएर दार्जिङका कुनै चिया बगानमा उनी काम गर्थे । कुनै एक व्यक्तिले उनलाई जागीर लगाइदिने आश्वासन दिए, त्यसको सट्टा उनले कसैको हत्या गर्नुपर्ने रहेछ । दिपकले ती व्यक्तिको हत्या गरेछन्, उनी तुरुन्तै पक्राउ परे, त्यसबेलादेखि उनी जेलमा छन् ।

पक्राउ परेपछि दिपकलाई अदालतमा पेस गरिएको थिएन । कहिले बहरमपुर जेल, कहिले अलिपुर जेल, कहिले मनोरोग चिकित्सालय लगियो । यस्तै गरेर दिपकले चार दशक जेलमा बिताए । अदालतले पटक पटक दिपकको मानसिक स्वास्थ्य जाँच गर्ने आदेश दियो, तर रिर्पोट कहिले पनि अदालतमा बुझाइएन ।

कोलकतामा रहेको नेपाली वाणिज्य दूतावासमा सम्पर्क गरेर रेडियो अपरेटरको संगठनले उनको स्थायी ठेगाना खोज्न थाल्यो । तर जोशीको परिवार पत्ता लगाउन सकेन ।

अम्बरिस भन्छन्, ‘नेपालमा सन् २०१५ मा जब ठूलो भूकम्प आयो, त्यसबेला त्यहाँ काम गर्न जाँदा स्थानीय अपरेटर अरुणसँग मेरो परिचय भएको थियो । त्यसमध्ये अर्का एकजना थिए सर्वोच्च अदालतका वकिल सतिसकृष्ण खरेल । मैले रेडियोमार्फत नै यी दुईलाई सन्देश दिएँ, नाइन नम्बर वन अल्फा अल्फा र नाइन नम्बर वन चार्ली अल्फा । पहिलो खरेलका कल थियो दोस्रो अरुणको । यसमा मैले सबै कुरा उल्लेख गरेको थिएँ । त्यसपछि उनीहरुले दिपक जोशीले लेखेको ठेगानाका आधारमा खोजविन सुरु भयो ।

त्यसपछि थाहा भयो, जोशी इलाम जिल्लाको चुलाचुली गाउँमा रहेको एउटा सामुदायिक स्कुलमा पढथे । त्यहाँ पुगेपछि थाहा भयो, त्यो स्कुल भूकम्पले लडेछ । अरुणले कसको बारेमा जानकारी खोजिरहेका छन् भन्ने कुरा स्थानीयवासीले जान्न चाहेछन् ।

वकिल हिरक सिन्हा भन्छन्, ‘दिपक नाम उच्चारण गर्नेवित्तिकै मानिसले ऊ मरिसकेको बताए । दिपकका भाइ त्यही स्कुलमा पढाउँथे । तर त्यसबेला उनको सरुवा भइसकेको रहेछ । अन्ततः प्रकाशचन्द तिमल्सिनासँग भेट भयो । ठूल दाजु जिउँदै छन भन्ने सुन्नेवित्तिकै उनी चकित भए । त्यसपछि दिपकले आमालाई समेत लिएर एकतप्पा आए ।

अम्बरिस नागले भने, जब आमा धनमाया तिमल्सिनालाई आफ्नो छोराका बारेमा सोधियो, त्यसबेला ९० वर्ष पुगेकी ती वृद्धा आमाले छोरा चरा बनेर आकाशमा घुम्दै गरेको जवाफ दिइन् । घरभित्र लगेर भगवानको बीचमा राखेको दिपकको मधुरो तस्बीर देखाउँदै उनले भनिन्, ‘ऊ त्यही हो मेरो छोरा दीपक !’
बीबीसीबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *