समाचार

फुटपाथ अतिक्रमणले उदयपुरमा बढ्याे दुर्घटनाकाे जाेखिम

उदयपुर। उदयपुरका ठूला साना बजारमा फुटपाथ तथा सडक पेटि अतिक्रमण गरि व्यापार व्यवसाय संचालन हुदा पैदल यात्रु दुर्घटनामा पर्न सक्ने उच्च जोखिम बढेको छ ।  उदयपुरका प्रमुख बजार गाइघाट ,बेलटार , रामपुर तथा मुर्कुचि र धरान – चतरा – रामपुर – फत्तेपुर सडकमा फुटपाथ तथा सडक पेटिमा व्यापार ब्यबसाय र निर्माण सामाग्रीले पैदल यात्रुमा उच्च जोखिम बढेको हो । 

सदरमुकाम रहेको गाइघाटको बसपार्क देखि मुख्य बजारको गोलपार्क सम्म माछा , तरकारी, फलफूल र मोटर ग्यारेज तथा निर्माण सामाग्री सडक पेटिमै असरल्ल हुदा जोखिम बढेको छ । चौदण्डी गढी नगरपालिकाको मुख्य केन्द्र रहेको बेलटार बजारको पनि त्यहि अबस्था रहेको छ । शहर क्षेत्र भित्रै लाग्ने बिहिबारे हाट तथा दैनिक रुपमा तरकारी , फलफूल , ईलेक्ट्रोनिक पसल , कस्मेटिक , चटपटे र निर्माण सामाग्री सडक पेटिमै रहेका छन । प्रमुख चौकको रुपमा रहेक‍ो पुष्पलाल चौकको आसपास देखि लाफा चौक सम्म र बस पार्क देखि वीपी चौकसम्म फुटपाथमा संचालित पसलले सडकमा हुइकिने दुई चक्के र तीन चक्के सवारिले बालबालिका र वृद्दवृद्दामा जोखिम बढाएको छ ।

  बेलटारमा तरकारी फलफूल र माछा मासुको पसलका लागि बजार ब्यवस्थापन भए पनि ब्याबसायीको आनाकानिका कारण स्थानान्तरण हुन सकेकाे छैन ।पार्किङको उपयुक्त ब्यबस्थापन नहुदा सडक पेटिमै राखियका साना ठूला सवारी साधन मोटरसाइकल ट्याम्पुको असिमित गतिमा हुईकिदा बिधालय जाने र आउने बालबालिकाले अझसास्ति भोग्नु परेको छ ।    यस्तै समस्या बेलका नगरपालिकाको केन्रहेको रामपुर बजार र रौतामाइ गाउँपालिकाको मुर्कुचिमा समेत रहेको छ ।

सार्जानिक स्थल ओगटेर मनपरि ढङ्गबाट ब्यबसाय संचालन गरिएको प्रति सर्बसाधारण आक्रोसित छन तर नियमनकारी निकाय मौन रहेको छ ।   सडक पेटि फुटपाथ अतिक्रमणको कारण बेलटार बजारको केन्द्र भागमा रहेको बेलटार पार्कको सुन्दरता लाई ओझेलमा पारेछ भने दिन प्रतिदिन फोहोरको डङ्गुरले डम्पिङ साइड नबन्ला भन्न सकिदैन ।                           

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *