संसद

संसदमा खाँणको प्रश्न-विघटनको मुद्धा सर्वोच्चले खारेज गरेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गुर्न पर्छ कि पर्दैन ?


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको वर्तमान सरकारले संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरेको आरोप लगाएका छन ।
ओली नतृत्वको कम्युनिट सरकार बनेदेखि नै नागरिकका मौलिक हक अधिकार र विचार अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको उनले आरोप लगाएका हुन ।

नेता खाँणले सरकारको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारले नैतिक उत्तरदायीत्व लिनु पर्ने बताएका छन । प्रतिनिधिसभा विघटन खारेज भएपछि प्रधानमन्त्रीले यसको जवाफ प्रधानमन्त्रीले दिनु पर्ने बताएका छन । प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु पर्ने खाँणले बताए ।

सरकाले ऋणको भार नेपालीको टाउकोमा बढाएको पनि आरोप लगाए । उनले भने सरकार ऋण लिएर घिउ खाइरहेको छ । नेता खाँणले सरकारको असंवैधानिक कदमका विरुद्ध आवज उठाउने सबैमा धन्यवाद समेत प्रकट गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *