राजनीति

एमाले भित्र ओली-नेपालको लडाइले पार्टी अवसान निकट

काठमाडौं । एमालेभित्र फस्टाएका अनगिन्ती गुटहरू आआफ्ना स्वार्थपूर्तिमा तल्लीन हुँदा राष्ट्रिय आवश्यकताहरू छायामा पर्दै गए । आपसी मेलमिलापका लागि गरिने लेनदेन र भागबन्डामा पार्टी र सरकार दुवै केन्द्रित भए । देश निर्माणको योजना बनाउन घोत्लिने अमूल्य समय विदेशी धर्म प्रचारकका कुटिल स्वार्थपूर्तिहेतु खर्च गरियो ।

कोभिड– १९ अघिसम्ममा फाटिसकेको नेकपा टालटुल गरेर देखाउने प्रयास गरिँदै थियो तर पुस ५ गतेपछि विभाजित भएर गएपछि सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी पूर्ववत रुपमै फर्काइदियो । दुइ दल मिलेर पाएको त्यत्रो मतको अर्थ बुझ्न नसक्ने, त्यस्ता धुरन्धर समाजवादको वकालत गर्ने नेताहरूले यस्तो दुर्लभ सत्ता पाएर पनि शासन गर्न यति उधुम अक्षम होलान् भन्ने कसैले सायदै कल्पना गरेको थियो । हो, आजको परिवेशमा मानिस जीविकोपार्जनका लागि अति धेरै व्यस्त हुन्छ । खासै गहिरो गरी राजनीतिलगायत ताजा फल टिप्न नपाइने विषयमा ध्यान दिन भ्याउँदैन । परन्तु बोक्रे र सतही विश्लेषण गर्न भ्याउने सबै मानिसले छोपेको नउघारी देखिसके, बुझिसके र निष्कर्ष निकालिसके– नेकपा (एमाले)को दुःखद अन्त्य अब निर्विकल्प छ ।

ओलीले ७ चैत अर्थात शनिवार एमालेको केन्द्रीय कमिटी बैठक राखेर पार्टीलार्य अवशानको सन्निकट मात्रै पुर्याएनन अब नेताहरुलाई कारवाही प्रकृया तर्फ अघि बढाए । यस्ता यावत् पीडादायी दृश्यहरू नेपालमा अहिलेसम्मको बहुदलीय संसदीय व्यवस्थाको अभ्यासमा देखिएका सबैभन्दा काला तस्वीरका रूपमा इतिहासमा कैद हुने नै छन् । यी सबै घटनाक्रमले नेकपा (एमाले)को सैद्धान्तिक एवं कार्यगत अस्तित्वको समाप्तितर्फ संकेत गर्छन् । अहिले एमालेको नौटंकीले सीमा नाघेको छ । आआफ्ना अडान र शर्तका कारण असफल भएको २ चैतको धुम्बाराही बैठकपछि शृंखलाबद्ध रूपमा आएका एमाले नेताहरूका अभिव्यक्ति, आरोप–प्रत्यारोप र दुवै खेमाबाट भएका गतिविधिहरू निकै अर्थपूर्ण छन् । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेमा संस्थागत बैठक र छलफलभन्दा गुटगत गतिविधिले तीब्रता पाएका छन् । अझ २८ फागुनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रूपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, विधान संशोधन र महाधिवेशन मिति तोकेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह घोषित रूपमा प्रतिवादमा उत्रिएको थियो ।

यही चैत ४ गतेदेखि ५ गतेसम्म खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा लागेको नेपाल पक्षलाई ओलीले कारवाहीको डण्डा वर्षाइदिए । देशभरबाट करिब ४हजार अगुवा कार्यकर्ता सहभागी भनिएको उक्त भेलामा उनीहरूले अवधारणापत्रका नाममा राजनीतिक प्रतिवेदनसमेत पेस गरेका थिए । ओलीले खनाल–नेपाल खेमालाई गुटको भेला रोक्न चेतावनी दिएको भए तापनि भेला सम्पन्न भयो । त्यहाँ प्रस्तुत ९ पृष्ठ लामो प्रतिवेदनमा केपी ओलीले सताएकोमा दुखेसो पोख्नेबाहेक कुनै सैद्धान्तिक या कार्यगत आफ्नो मार्गचित्र खिच्न सकिएको छैन । अन्योल र छट्पटीको रंगले पोतिएका सतही अभिव्यक्तियुक्त उक्त प्रतिवेदनले उक्त खेमालाई विचारविहीनतालाई अग्रसर गराएको स्पष्ट देखिन्छ । यसर्थ अब एमाले फेरि मिले वा बिछोडिए वा अन्य कुनै गुटमा गएर ओत लागे त्यसको कुनै औचित्य हुनेछैन । कुसंस्कार नसानसामा दुर्व्यसन भएर बसिसकेको छ । सुधार केन्द्र अथवा चिकित्सकीय सीमाबाहिर गइसकेको छ रोग । किनभने कुसंस्कारलाई सुसंस्कारमा बदल्नु भनेको कपडा बदले जस्तो सजिलो विषय होइन । सुसंस्कार भनेको युगौँको नियमित अभ्यासबाट आर्जित हुने कुरो हो । त्यसैले कुसंस्कारको लत बसिसकेका वर्तमान राजनीतिकर्मीहरूले विश्राम गर्ने बेला आएको छ । पुरानो सांस्कारिक बस्त्र बदल्ने बेला आएको छ । पुराना पुस्ताले आफ्ना कमीकमजोरीको लाज नमानीकन उदाहरण दिँदै नयाँ उपयुक्त व्यवस्था स्थापित गर्न नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने बेला आएको छ । बितेको सकियो । अब सुसंस्कृत राजनीतिज्ञको निर्माणका लागि अभ्यासको सुरुवात गर्नु बेस हुन्छ ।

एमालेका तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारी, अध्यक्ष मनमोहन अधिकारीलगायत थुप्रै नेताहरूसँग ‘सादा जीवन यापन, सभ्य समाज निर्माण’ गर्ने वास्तविक समाजवादी चरित्र रहेको थियो । जोसुकैले जेसुकै भने तापनि उनीहरूले राष्ट्रहितका सामु तुच्छ व्यक्तिगत र पारिवारिक स्वार्थलाई अनुचित महत्त्व कहिल्यै दिएनन् । परन्तु. आन्तरिक शक्ति र सत्ताको लुछाचुँडीका खेलाडीहरूले राम्रा र इमान्दार व्यक्तिहरूलाई घेराबन्दीमा पारेर खाल्डोमा हाल्ने राजनीतिक कुप्रथाको सिकार उनीहरू पनि भए । भण्डारीसहित अर्का नेता जीवराज आश्रितको ऐतिहासिक रूपमा विवादास्पद रहेको दासढुंगा दुर्घटनामा मृत्यु भयो । उनको मृत्युको कारणसँग सम्बन्धित अनेकौँ तथ्यहरू हालसम्म पनि रहस्यकै गर्भमा रहेका बताइन्छ । उनकी धर्मपत्नी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल चलिरहेको र स्व. भण्डारीले नै सैद्धान्तिक बाटो देखाएको र उनकै जनताको बहुदलीय जनवादको धरातलमा टेकेर उभिएको नेकपा(एमाले) पार्टीले नेतृत्व गरेको वर्तमान सरकारसमेतले भण्डारीको मृत्युको रहस्य पत्ता लगाउने जमर्कोसम्म भएन ।आजको परिवेशमा मानिस जीविकोपार्जनका लागि अति धेरै व्यस्त हुन्छ । खासै गहिरो गरी राजनीतिलगायत ताजा फल टिप्न नपाइने विषयमा ध्यान दिन भ्याउँदैन । परन्तु बोक्रे र सतही विश्लेषण गर्न भ्याउने सबै मानिसले छोपेको नउघारी देखिसके, बुझिसके र निष्कर्ष निकालिसके– नेकपा(एमाले)को दुःखद अन्त्य अब निर्विकल्प छ ।

स्वर्गीय मनमोहन अधिकारीको सादा प्रतापको तापले ओतप्रोत रहेको एमालेको ९ महिने सरकार संचालनका क्रममा सानै भए पनि भए गरेका समाज कल्याणका कार्यक्रमहरूको ब्याज खाँदै अस्तिसम्म पालिएको थियो । २५ वर्ष लामो विशाल समयान्तरालमा आपसमा झैझगडा र फुट्ने–जोडिने गर्नेबाहेक आमजनताले महसुस गने गरी केही राम्रा काम नगरेको सोही पार्टीलाई नेकपा (माओवादी केन्द्र)सँग एकता गरेपश्चात् बाढीको रूपमा जनसमर्थन प्राप्त भएको थियो । पुरानो तीतो अतीतलाई भुलेर बाम एकताले देशलाई साँच्चै समाजवादी युगमा प्रविष्ट गराउने सपना नेपाली जनताले बुनिसकेका थिए । तत्कालीन अवस्थामा राष्ट्रवादीको छवि बनाउन सफल चलाक नेता केपी ओलीको नेतृत्वमा झन्डै दुई तिहाई जनसमर्थनमा बनेको मोटोघाटो देखिएको सरकारले नीति, रीति र थिति सबै ठाउँमा समय र परिस्थिति विचार गरेर समाजवादको झम्पल प्रहार गर्ला भन्ने विश्वासका साथ देश एवं समाजवादप्रेमी, विधिको शासनका हिमायतीहरू एवं गरिब, बेरोजगार, दलित, उत्पीडित सबै वर्ग र समुदायका नेपाली जनताले चुपचाप प्रतीक्षा गरिरहेका थिए । तर त्यसले सफलता हासिल गर्न सकेन र अबको दिनको एमालेको अवसानलाई रोक्ने अवस्था पनि देखिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *