
दाङ । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना जना घाइते भएका छन्। मंगलबार बिहान पब्लिक ज्ञान ज्योति माविको बस दुर्घटना हुँदा अस्मिता डागी र किरण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा घाइतेहरुको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका – १५ कोठरीमा प्लस टूका विद्यार्थी ल्याएर बजारतर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो।