कला/साहित्य

विद्रुप समय

निमग्न आवतजावतसँग रमाउने सडकमाथि
थापेझैँ लाग्छ धराप कसैले
सुगम सहज लाग्दालाग्दैको अविरल यात्रामा
मनको कठोरतम् पहाड
उठाएझैँ लाग्छ कसैले
सहरका मन र मुटुहरू
कुलकुल, कोमल र निर्मल हुनुपर्ने हो
सडक किनारामा फुलेका आरुका फूलहरूजस्तै
सुन्दरतामा फक्रिन पाउनु पर्ने हो
तर, खै सहर यतिबेला
उद्विग्नतामा बाँचिरहेछ
खुसाएर पनि नसक्नु देखाउन खुसी
खुसी भएर पनि खुसाउन नपाउनु खुसी
सायद अकिञ्चनबाहेक
केही होइन रहेछ बाँकी
हाँस्ने मनभरिको भत्काएर प्रफुल्लता
बगिरहेको हर्ष बढाइँले हठात् आँसु साटिरहेछ
लोपारेर आँफैले आफ्ना ओठ
नीरसता गाँसिरहेछ
र मान्छे निरासामा बाँचिरहेछ
फुरुङ्ग भै उम्लिरहेको प्रसन्नता
खिन्नतामा जिम्लिरहेछ
विदु्रप समयले भोगाइरहेछ कटुता
नाङ्गिएको शिशिर टोलाएर एक्लै मौनतामा
पालुवाभित्र खर्केर चियाइरहेछ वसन्त
अर्को चित्तबुझ्दो जबाफको पर्खाइमा
हरेकचोटि राल चुहाँउँदै
आगन्तुक र उसले ल्याएको कोसेलीपात
नियालिरहेछ राजधानी ।

*               *              *

मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *