प्रविधि

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणकोे प्रवक्तामा सन्तोष पौडेल नियुक्त हुनुभएको छ । प्राधिकरणका निर्देशक रहनुभएका पौडेललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए।

उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहेका छन् । उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन् । प्राधिकरणमा विगत पाँच वर्षदेखि प्रवक्ताको रुपमा निर्देशक मिनप्रसाद अर्याल रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *