समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै, शोक प्रस्तावबाहेक छैन कुनै ‘विजनेश’

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्भावित कार्यसूचीमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ। त्यसअघि बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

बुधबारको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । कांग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।

प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापना भएपछि बसेका बैठकमा सरकारकाले कुनै विजनेश दिएको छैन । यसअघि बसेको बैठकमा कांग्रेस सांसद् गगन थापाले सरकारले संसद्लाई विजनेश नदिएर बदला लिएको आरोप लगाएका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरमा सरकारले शोेक प्रस्तावमात्र राखेर यो अधिवेशन अन्त्य गर्न लागेको भन्दै राजनितिक वृतमा आलोचना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *