संसद

संविधानलाई असफल पार्न सरकार ओली सरकार नै लाग्यो : देव गुरुङ

काठमाडौं । माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको धारणा राखेका हुन् । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले दल विभाजन गरिसकेको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए ।

‘वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको उनको आरोप छ ।
गुरुङले दल विभाजन भएको अवस्थामा संविधान अनुसार दल विभाजन गरिसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दावी गरे । ‘यस्तो अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिए मात्रै वैधानिक ठहर्छ । ३० दिन २३ गते पुग्दैछ तर सरकारले त्यसतर्फ लागेको देखिँदैन’ गुरुङको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *