समाचार

म्यानमारको सेनाले गरेको दमनको मुद्धा नेपालको संसदमा

म्यानमारको सेनाले नागरिकमाथि गरिररहेको दमनको मुद्दा नेपालको संसदमा पुगेको छ।


प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले लोकतन्त्र र मानव अधिकारका पक्षमा उभिएका म्यानमारका नागरिकमाथि सैनिकले गोली हानेकोमा विरोध गरेका छन्।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले निर्वाचित सरकारलाई अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा विरोध गरेका छन्।

‘म्यानमारमा पछिल्लो पटक निर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा म घोर भर्त्सना गर्दछु,’ उनले भने, ‘लोकतन्त्र र मानव अधिकारका पक्षमा आवाज बुलन्द गरिरहेका नागरिकलाई सेनाले दमन गरेको छ।’

प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस सांसद राजन केसीले म्यानमारको सेनाले दमन रोकेर निर्वाचित सरकार पुनर्बहाली गर्नुपर्ने बताए।

‘सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरेको छ। जनतामाथि भइरहेको दमन रोकेर निर्वाचित सरकार बहाल गरोस्। सूचीलगायत नेतालाई रिहाइ गरोस्,’ उनले भने, ‘यसका लागि विश्वव्यापी रूपमा तीव्र दवाब दिनुपर्छ।’

उनले विश्वभर हुने लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको समर्थन हुने पनि बताए।

‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न विश्वभरबाट आवाज उठ्न जरूरी छ। त्यहाँका जनताका पक्षमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहल गर्न कांग्रेस आग्रह गर्दछ,’ उनले भने।

उनीपछि विशेष समय मागेर संसदमा बोलेका जसपा सांसद लक्ष्मणलाल कर्णले म्यानमारमा भइरहेको घटनाबारे ध्यानाकर्षण भइरहेको बताए।

‘म्यानमारमा जुन घटना भइरहेकेहो छ, त्यसप्रति मेरो पनि ध्यानाकर्षण भएको छ। निर्वाचित सरकारलाई विघटन गरेर सैनिकले ‘कू’ गरेको छ,’ उनले भने।

थोरै समयमा सेनाले म्यानमारका धेरै जनतालाई गोली हानेर मारेको उनले बताए। कर्णले म्यानमारकै जस्तो आन्दोलन आफूहरूले मधेश आन्दोलनका बेला गरेको र त्यसबेला एक सय ५ जनाको हत्या सरकारका तर्फबाट भएको पनि बताएका थिए।

यस्ता घटनाले लोकतान्त्रिक मुलुक संवेदनशील हुनुपर्ने उनले बताए।

‘लोकतान्त्रिक मुलुक संवदेशनशील हुनुपर्छ। ‘लोकतन्त्रको हत्या भएकोमा संसद र सरकार बोल्नुपर्छ। मानव अधिकार र लोकतन्त्रका लागि बोल्नुपर्छ,’ उनले भने।

नेशनल लिग फर डेमोक्रेसीकी नेता आङ सान सूची लगायतलाई थुनामा राखेर गत माघ १९ देखि म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। यसको विरोधमा नागरिकहरूले प्रदर्शन जारी राखेका छन्, सेनाले उनीहरूलाई बल प्रयोग गरिरहेको छ। गत फ्बे्रवरी बाट भएको शैनिक कु बिरुद्धको प्रर्दशनमा ५२० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ । बुधमात्र मात्र ४ प्रदर्शनकारी मारिएका छन् । त्यहां प्रदर्शन चकिएपछि नागरिकहरु शरण लिन थाइल्याण्डको सिमा क्षेत्रमा पुगेको छन्

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *