राजनीति

निर्वाचनमार्फत् कांग्रेसलाई सत्तामा पु-याउन जनता आतुर छन्: सहमहामन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक विधिबाट केपी ओलीको विकल्प खोज्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) तयार भए कांग्रेस सरकारको नेतृत्व लिनबाट नभाग्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति संघ कास्कीद्वारा अयोजित शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन एवम् सम्मान कार्यक्रमका प्रमुख अतिथि डा. महतले भने, ‘कांग्रेसको इच्छालेभन्दा पनि अंकगणितका आधारमा सरकार बन्ने भएकाले माओवादी र जसपाले निःसर्त सहयोग गरे कांग्रेस सरकारको नेतृत्व गर्न तयार छ ।’ सरकारका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले चालेको कदम परिपक्क र बुद्धिमतापूर्ण भएको डा. महतले दाबी गरे ।

‘पाँच वर्षका लागि निर्वाचित भएको कम्युनिष्ट नेतृत्वको ओली सरकारले तीन वर्षमै हात उठायो’, डा. महतले भने, ‘कम्युनिष्ट सरकारको रवैयाँबाट आजित बनेका जनता निर्वाचनमार्फत कांग्रेसलाई सत्ता पु¥याउन आतुर छन् ।

सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओली अहिले जनतालाई सुशासन र विकास होइन मनोरञ्जन दिएर हिडिरहेको आरोप डा. महतले लगाएका छन । अहिले जनतालाई मनोरञ्जन होइन समाजिक, आर्थिक रुपान्तर चाहिएको उनले बताए ।

कम्युनिष्टको दुस्प्रचारको सिकार कांग्रेस कार्यकर्ता मात्र होइन आम नेपाली जनता भएको बताए । कम्युनिष्टले छरेको भ्रमलाई याथर्थ सम्झदा मुलुकले ठूलो क्षति बेहोर्नु परेको नेता महतको विश्लेषण थियो । कम्युनिष्टले झुटको प्रोपोगण्डा मच्चाएर निर्वाचनमा जीत हासिल गरेको उनले बताए ।

पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका डा. महतले सरकार कमजोर बन्दा नेपाल विदेशीको चलखेलको केन्द्र बन्दै गाएको प्रति चिन्ता गरे । सरकार सत्ता टिकाउन कहिले उत्तर त कहिले दक्षिणतर्फ ढल्किदा राष्ट्रियता कमजोर भएको उनको भनाइ थियो । ‘हिजो हामी सरकारमा हुँदा नेपालका कुरा गथ्र्यौ, डा. महतले भने, ‘ओली नेतृत्वको सरकारले सत्ताको आयु लम्ब्याउने कुरा गर्छ, यो विचित्रको परिस्थिति देखेर विदेशीसमेत छक्क पर्ने अवस्था अहिले आएको छ ।’

‘डेढ वर्षपछि मुलुकमा निर्वाचन हुने भएकाले त्यसका लागि तयार रहन डा. महतले कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेस निर्वाचनमा विश्वास राख्ने पार्टी भएकाले बरालिएको राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्न जनताको अभिमत लिएर मात्र कांग्रेसले सरकारको नेतृत्व गर्छ’, डा. महतले भने, ‘निर्वाचनका लागि सबै तयार रहनु पर्छ ।’

आन्तरिक पार्टी राजनीतिको बारेमा धारणा राख्दै डा. महतले भने– ‘निर्धारित मिति मै पार्टीको महाधिवेशन हुन्छ तयारीमा लाग्नुहोस ।’ महाधिवेशन केन्द्रको हातमा भन्दा पनि वडा, क्षेत्र र जिल्लाको हातमा छ । समय मै क्रियाशील सदस्यता केन्द्र पठाउन पनि नेता महतले आग्रह गरे ।

नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा आदिवासी जनजातिले खेलेको भूमिकाको डा. महतले प्रशंसा गरे । नेपाली कांग्रेस आदिवासी जानजातिका हक धिकार सुनिश्चित गर्न सदैव प्रतिवद्ध रहेको समेत उनले विश्वास दिलाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *