कला/साहित्य

सेडोका कविता


१,
सेतो कपडा
मान्छेको चरित्रमा
लतपतिएको दाग ।
खोजेको शान्ति
बुद्ध बनेर बस्दा
वचनको प्रहार ।
२,
विगत सम्झी
पल्टाएको तस्विर
पुगेछु टोलाउन ।
डाँको छाडेर
अँगालोमा बेरिँदा
बसिहाल्छ सान्त्वना ।
३,
रिस साँचेर
हुन्न फाइदा कसैको
बुझ्नुपर्छ स्वभाव ।
नरम बोली
आत्मीयता बाँडेर
चम्किएको इज्जत ।
४,
आँखा चिम्लिँदा
आइहाल्छ अप्ठ्यारो
बन्नुपर्छ चलाख ।
अँध्यारो दृश्य
देखेको अन्धकार
मनमा डरत्रास ।
५,
हल्लेको मन
थिलथिलो शरीर
बाँचेको अधकल्चो ।
समाल्न खोज्दा
भार बन्यो आफै नै
रोगले थिचिएको ।
६,
कुविचारले
माम्छेको मस्तिष्कमा
थुप्रिएको आपत
साँगुरिएको मन
समस्याको डङ्गुर ।
७,
सजाइ राखेँ
मायाको फूलबारी
एक्लिँदा मन रोयो ।
भावुक मन
हृदय बाँड्न खोज्दा
खुम्चियो यो विश्वास ।
८,
लुगा च्यातिँदा
लाज धान्न मुस्किल
आँखा छोप्दै लुकेको ।
निम्यो समस्या
मनमा डरत्रास
निन्याउरो मुहार ।
९,
लाटो कोसेरो
रुखमा झुन्डिएरै
हल्लेर योग गर्दै ।
मान्छेको चोला
रातदिन घोटिँदा
स्वास्थ बन्दै तगडा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *