कला/साहित्य

तन्का कविता


१,
चिसो गिलास
मन तातो शरीर
पानी भरिँदा
गहिरिएर घोच्दा
आफ्नै आँखा छरिँदा ।
२,
साँझको आँखा
पानी नै धमिलिँदा
न बज्ने घण्टा
सपना बोलाउँदा
आत्तिएको डमरु ।
३,
हात दोब्रिँदा
आँखा हाँसेको देखेँ
सल्केको आगो
खेलाउँदा उडेथ्यो
मात्तिएर हुत्तिँदा ।
४,
गोलो तकिया
हात थिचिँदा झस्केँ
आँखा लठ्ठिँदा
मुस्कान निहुरिदा
आफै घोप्टियो लाज ।
५,
मृत्यु बोकेथेँ
पछारिँदा फुटेछ
लङ्गडो खुट्टा
मनले छोएपछि
पग्लिँदो रैछ आफै ।
६,
एउटै ढिक्का
पातलिएको इच्छा
टल्केथ्यो हिउँ
पानीभित्र छिरेको
काँडा भएर घोच्दै ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *