कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले तत्काल विश्वासको मत नलिने

काठमाडौँ । कर्णाली प्रदेश सरकारले तत्काल विश्वासको मत नलिने भएको छ ।

शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारको बहुमत नगुमेकाले विश्वासको मत माग्नु नपर्ने निस्कर्ष निकालेको हो । बैठकले एमालेकोको निर्णयलाई हेरेर आवश्यक कदम चाल्ने पनि निर्णय गरेको छ । एमालेको बैठक आइतबार बस्ने बताइएको छ ।

बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको गतिविधि संविधानको मर्म विपरित भएको पनि बताएकाे छ । १० जना सांसदले समर्थन फिर्ता लिएको विषयमा बारम्बार पत्र पठाउनु अधिकार क्षेत्रभन्दा बाहिरको कुरा भएको वैठकको निस्कर्ष छ ।

यस्तै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका प्रदेश सभा सदस्य धर्मराज रेग्मीको पद नरहने गरी हटाउने निर्णय गरेको छ । साथै रेग्मीको ठाउँमा राते कामीलाई पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *