कला/साहित्य

नुवाकोट साहित्य पदयात्रा सम्पन्न

नुवाकोट । पर्यटन प्रबर्द्धनका लागि साहित्यिक पदयात्रा भन्ने मुल नाराका साथ नुवाकोट साहित्य पदयात्रा २०७७ सम्पन्न भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले बिगत एक दशकदेखि साहित्य पदयात्रालाई निरन्तरता दिदै आएको जनाइएको छ ।

यस वर्षको पदयात्रा नुवाकोट क्याम्पसको गेटदेखि लिखु गाउँ पालिकाको गुप्तेश्वर महादेव गुफामा यात्रा तय गरिएको थियो । सो प्रतिष्ठानका सभापति रामकृष्ण अमरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी रामकृष्ण भट्टले गरेका थिए ।

कार्यक्रममा सर्जक वासु ठकुरी, श्रीराम श्रेष्ठ , नेपाली सेनाका पुर्व सेनानी कुलबहादुर पौडेल , उप प्रा . पवनराज खड्काले शुभकामना मन्तव्य राखेका थिए भने शिवशुन्दर पुडासैनी ,रामप्रसाद चालिसे,वद्रिबृन्द गजुरेल ,राजकुमार आचार्य, विष्णुप्रसाद सापकोटा , रामराजा पन्त, भगवती खनाल,सुप्रिया आचार्य, जानुका दहाल, करण तामाङ,दिपेन्द्र लामिछाने,श्रीधर पाण्डे,इन्दिरा रेग्मी, बद्री तिवारी , सुनैना उप्रेती ,रामेश्वर गजुरेल , यज्ञरथ पुडासैनी, पुष्प अधिकारीले रचना वाचन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *