समाचार

कालिका चारधाममा शिव पुराण ज्ञान महायज्ञ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कालिका चारधाममा शिव पुराण ज्ञान महायज्ञ शुक्रबारबाट सुरु भएको छ । सिन्धुपाल्चोकमा धार्मिक क्षेत्रका रुपमा चर्चित कालिका चारधाममा सुरु भएको उक्त शिव पुराणमा काठमाडौं उपत्यका, काभ्रे, दोलखा, रामेछाप र स्थानीय भक्तजनको व्यापक सहभागिता रहेको समाजसेवी योगबहादुर खड्काले जानकारी दिए ।

कृष्णबहादुर कार्कीले काशिबाट पवित्र जल ल्याइ चारधाम स्थापना गरिएको थियो । उक्त स्थानमा विगत १५ वर्षदेखि पूजाआज हुँदै आएको थियो । धार्मिक पर्यटनको रुपमा परिचित चारधाम जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएको धार्मिक सुधार समिति गुठीका रुपमा सञ्चालित संस्था भएको समाजसेवी खड्काले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र वडाको आर्थिक सहयोगमा जग्गा खरिद गरी चारधाम मन्दिर स्थापना भएको हो । उक्त क्षेत्रमा रामबहादुर कार्कीले जग्गा उपलब्ध गराएपछि यतिबेला सत्तल निर्माण भइरहेको छ । उक्त सत्तल निर्माणका लागि स्थानीयवासीबाट चन्दा संकलन भइरहेको खड्काले बताए ।

चारधामको धार्मिक पर्यटनलाई अझ व्यापक बनाउन शिव पुराण ज्ञान यज्ञको आयोजना गरिएको हो । उक्त ज्ञान यज्ञमा उपस्थित भइ पुन्य आर्जन गर्नसमेत आयोजकले सर्वसाधारणमा अनुरोध गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *