खेलकुद

अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम मुख्य प्रशिक्षक बने

काठमाडौँ । कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम पुरुषका मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल संघएन्फाले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । एन्फले अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो ।

अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

एफसी कोचिङ इन्सट्रक्टर समेत रहेका उनी कतार फुटबल संघको सहयोगमा थ्री नेसन्स कप अगाडि नै नेपाल आइपुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *