खेलकुद

एट्लेटिको मड्रिड सेभियासँग पराजित, रियल मड्रिड र बार्सिलोनालाई फाइदा

काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड सेभियासँग १ –० ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन लुकास अकुनाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा जेसस नाभासको पासमा गोल गरेका थिए ।
एट्लेटिको पराजित भए पछि दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ ।


२९ खेलबाट एट्लेटिकोको ६६ अंक छ । समान खेलबाट ६३ अंकसहित रियल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।
बार्सिलोनाले आज राति हुने रियल भाल्लोडोलिडविरुद्धको खेल जितेमा एट्लेटिकोसँग अंक दूरी एकमा झार्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *