धर्म/सस्कृति

‘मुक्तिनाथ बाबा’ सिद्धकाली पर्यटन प्रवद्धन बिराट सभामा सरिक हुने


काठमाडौं । स्वामी कमलनयन आचार्यश्रीजी महाराज (मुक्तिनाथ बाबा) संखुवासभा चैनपुरमा अवस्थित ऐतिहाँसिक धार्मिक मन्दिर सिद्धकाली जाने भएका छन । ‘सिद्धकाली पर्यटन प्रवद्धन बिराट सभा’मा सरिक हुन मुक्तिनाथ बाबा अगामी बैशाख १६ गते जाने भएका हुन ।

चैनपुर चौतारी र चैनपुर नगरपालिकाको सहकार्यमा बैशाख १६ र १७ गते सिद्धकाली पर्यटन प्रवद्धन बिराट सभा हुने भएको हो । चैनपुर र सिद्धकाली क्षेत्रको प्रचारप्रसारका लागि ‘मुक्तिनाथ बाबा’को विशेष सहभागितामा सिद्धकाली पर्यटन प्रवद्धन बिराट सभा गर्न लागिएको चैनपुर चौतारीका अध्यक्ष तथा चैनपुर पर्यटन विज्ञ समूहका संयोजक निराकार श्रेष्ठले जानकारी दिए ।

नेपालका बरिष्ठ तथा प्रख्यात स्वामी ‘मुक्तिनाथ बाबा’ पहिलो पटक चैनपुर जान लागेका हुन । ‘मुक्तिनाथ बाबा’लाई चैनपुर सिद्धकाली भ्रमणका लागि चैनपुर चौतारी र चैनपुर नगरपालिकाले निमन्त्रणा गर्दा उनले स्वीकार गरेपछि बिराट सभाको तयारी शुरु भइसकेको जनाइएको छ ।
‘बाबालाई चैनपुर सिद्धकाली पहिलो पटक हार्दिक अनुरोध गरेर लैजादैछौ, उहाँको उपस्थितिले चैनपुर सिद्धकालीलाई विश्वभर चिनाउन र प्रचारप्रसारका लागि सघाउ पुग्नेछ’ श्रेष्ठले भने ।

चैनपुर नगरपालिकाले मुक्तिनाथ बाबाको स्वागतार्थ तथा ‘सिद्धकाली पर्यटन प्रवद्धन बिराट सभा’मा संवोधन हुने तथा आर्शिवाद ग्रहणका लागि सम्पूर्ण जिल्ला तथा नगरवासीलाई हार्दिक निमन्त्रणा गरेको छ ।

स्वामी मुक्तिनाथ बाबाको प्रख्याति नेपालमा धेरै छ । राजनैतिक नेतादेखि उच्च सरकारी व्यक्ति तथा सर्बसाधारण उनको दर्शन र आर्शिवादका लागि भीड लाग्ने गर्दछ । नेपालका देवस्थल, तीर्थस्थलको प्रचारप्रसार र संरक्षण गरिरहेका मुक्तिनाथ बाबाले नेपालको शिक्षा, स्वास्थ्य तथा अन्य धेरै समाजिक कार्यमा महत्वपूर्ण योगदान दिइरहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *