खेलकुद

किरण एसियाकै उत्कृष्ट खेलाडी

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ यो साता एसियाकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।

साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन्।

एएफसीले गत बिहिबार अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो। जसमा नेपालका किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै एएफसीले भोटिङका लागि आह्वान गरेको थियो।

अप्रिल ४ सम्म भोटिङ गर्ने समयसिमामा किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाएर एसियाकै साताको उत्कृष्ट खेलाडी घोषित भए । साउदी अरेबियाका सालेह अल सेहरीले २०.७२ प्रतिशत भोट प्राप्त गर्दै दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए । साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *