समाचार

एमालेका तीन मन्त्रीले राजीनामा दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद धरापमा

काठमाडौं । एमालेका तीनजना मन्त्रीहरुले राजीनामा दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।

राजीनामा दिनेमा कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् । तीनैजनाले केहीबेरअघि मात्रै शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएसँगै उनीहरु गाडी छाडेर पैदल हिँडेर एमालेको संसदीय दलको बैठकमा सहभागी भएका छन् । राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवासुविधा पनि त्यागेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *