समाचार

नेपालमा फेरि एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । दैनिक संक्रमित बढ्दै जाँदा एकजनाको मृत्यु भएको छ ।

यसैक्रममा महाकाली अस्पतालमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते नेपाल आएका भीमदत्त नगरपालिका १५ का ४५ वर्षीय पुरुषको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको छ।

चैत २२ गते स्वदेश फर्किएका उनलाई कोरोना संक्रमण देखा परेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने। भर्खरै कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएकोबारे खवर पाएको छु’ उनले भने, ‘अस्पताल जाँदै छु। त्यस पछि विस्तृत विवरण उपलब्ध गराउँछु।

मृत्यु भएका कोरोना संक्रमितको आज शव व्यवस्थापनको कार्य गरिने बताइएको छ। कोरोनाको दोश्रो संक्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो पटक एकजनाको मृत्यु भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *